कर्णाली प्रदेश: मुख्यमन्त्रीमा आलोपालो गर्न एमाले र माओवादी सहमत
काठमाडाैं | पुस २७, २०७९
सुर्खेत: कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।
एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो ।
प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वले निर्णय गरे पनि प्रदेशमा त्यसलाई उल्ट्याइएको छ ।
‘केन्द्रकै निर्णय अनुसार अघि बढ्न धेरै प्रयास गर्यौं । तर मान्दै नमानेपछि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छौं,’ माओवादीका एक नेताले भने ।
सहमति पछि पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बन्ने छन् र उनले आजै दाबी पेश गर्दै छन् ।
देश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

